कर्णालीमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १९८ पुग्यो
सोमबार, १९ जेठ २०७७, १३ : ५६
-उपेन्द्र न्यौपाने
कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना पोजेटिभ देखिएपछि संक्रमितको संख्या १ सय ९८ पुगेको छ। बितेको २४ घण्टामा कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी थप ७० जनामा संक्रमण पुष्टि भएको हो।
सोमबारसम्म दैलेखका ८९, सल्यान ३५, सुर्खेतका ३४, जुम्ला १९, कालिकोटका १८ तथा मुगु, बाजुरा र वझाङ जिल्लाका १–१ जना गरी कूल १ सय ९८ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक मन्त्रालय जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए ।
उनका अनुसार दैलेखमा शनिबार १ जनाको मृत्यु भएपनि अरु संक्रमितको अवस्था सामान्य रहेको छ।
संक्रमित सवै भारतमा रोजगारी गरेर फर्किएकाहरु हुन् । छिमेकी मुलुक भारतबाट कर्णाली प्रदेशका जिल्लाहरुमा हजारौं नागरिकहरु भित्रिएका हुँदा कर्णाली प्रदेश कोरोना भाइरसको उच्च जोखिममा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण