हिउँ छिचोल्दै हिल्सामा सशस्त्र प्रहरी
सिमकोट – नेपाल र चीनको सिमानास्थित हिल्सामा सशस्त्र प्रहरी बलको एक टोली पुगेको छ । हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी (बीओपी) स्थापनाको बन्दोबस्ती गर्न चार हजारभन्दा अग्लो नारा लेक काटेर टोली हिल्सामा पुगेको हो ।
गत वर्ष नै निर्णय भएर पनि विभिन्न कारणले स्थापना गर्न नसकिएको नेपाल र चीनको सिमाना हिल्सामा बीओपी स्थापनाका लागि सशस्त्र प्रहरीको एक टोली हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् । टोली आवश्यक पूूर्वाधारदेखि सबै व्यवस्था गर्ने र त्यसपछि बीओपीको औपचारिक रूपमा कार्यालय स्थापना हुने उनले बताइन् ।
सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वमा १७ जनाको टोली हिल्सा पुगेको हो । टोलीले कार्यालयका लागि घर भाडामा लिनेदेखि अन्य व्यवस्था गरिरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा राजन रावतले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पल शाहले किन सार्वजनिक गरे प्रहरीसँग मुठभेडको तस्बिर ?
-
‘अर्थतन्त्र चलायमान बनाउने लक्ष्यसहित बजेट आउँछ’
-
माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
-
महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न
-
थलीमा मृत भेटिएका कृष्ण नगरकोटीको घाँटीमा चोट
-
टिकटकमा भाइरल किमको गीतसँग किन डरायो दक्षिण कोरिया ?