दक्षिण अमेरिकामा स्थिती चिन्ताजनक, डब्ल्यूएचओले दियो चेतावनी
मङ्गलबार, २० जेठ २०७७, ०७ : ०२
विश्व स्वास्थ्य संगठनले मध्य र दक्षिण अमेरिकामा कोरोना महामारी आफ्नो उच्चतम स्तरसम्म पुगिनसकेको भन्दै चेतावनी जारी गरेको छ । यसैबीच थुप्रै देशले लकडाउनमा छुट दिन सुरु गरिसकेको छ । डब्ल्यूएचओका डा. माइक रियानले मध्य र दक्षिण अमेरिकामा हाल कोभिड–१९ संक्रमणको स्थिती गम्भीर बनेको जानकारी दिएका छन् ।
मेक्सिकोमा अहिलेसम्म करिब १० हजार व्यक्तिको मृत्यु भइसकेको छ । यसैबीच यहाँ उत्खननको कार्य सुरु गरिसकिएको छ । दुई महिनाको लकडाउन पछि सोमबार यहाँ कार उत्पादन र निर्माण कार्य पुनः सुचारु गरिएको छ ।
यस्तै, ब्राजिलमा साओ पाउलोसमेत विभिन्न शहरमा लकडाउन खुकुलो पारिएको छ । ब्राजिल कोरोना संक्रमणको मामिलामा अमेरिकापछि दोस्रो स्थानमा छ । यहाँ हालसम्म २९ हजार ३ सय १४ को मृत्यु भइसकेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण