कोरोना महामारीबीच इबोलाका नयाँ संक्रमित फेला
मङ्गलबार, २० जेठ २०७७, ०७ : ३७
डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको नयाँ संक्रमित फेला परेका छन् । यहाँ हालै जुन स्थानमा यो रोग फैलिएको थियो डिआरसी क्षेत्र त्यो भन्दा हजारभन्दा बढी किलोमिटर टाढा छ ।
स्वास्थ्यमन्त्री इटेनी लोंगोंडोले पश्चिमी शहर म्बानडाकामा भाइरसका कारण चारजनाको मृत्यु र दुई संक्रमित भएको जानकारी दिए । पाँचौं व्यक्तिको सोमबार मृत्यु भएको युनिसेफले जानकार दिएको छ । उनले प्रभावित क्षेत्रका लागि डाक्टर र औषधी पठाइएको जानकारी दिए ।
डेमोक्रेटिक रिपब्लिक अफ कंगोले अप्रिलमा इबोला महामारीको अन्त्यको घोषणा गर्ने तयारी गरिरहेका बेला यहाँ नयाँ संक्रमित भेटिएको थियो । डिआरसी इबोलाबाहेक दादुरा र कोरोना महामारीसँग पनि जुधिरहेको छ ।
स्रोतः बीबीसी, द न्यूयोर्क टाइम्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण