कतारबाट स्वदेश फर्किने नेपालीहरुले पालना गर्नुपर्छ अब यस्ता नियम
काठमाडौं । कतारबाट स्वदेश फर्किनै पर्ने नेपालीहरुले हवाई उडान खर्च र होटल क्वारेन्टिन खर्च आफैंले बेहोनुपर्ने भएको छ । कतारस्थित नेपाली राजदूतावासले एक विज्ञप्ति (सूचना) जारी गर्दै स्वदेश फर्किन चाहाने नेपालीहरुले हवाई लगायतका खर्च आफैंले बेहोनुपर्ने जनाएको हो । त्यस्तै स्वदेश फर्किने व्यक्तिले विमानस्थलबाट होल्डिङ सेन्टर हुँदै होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको सम्बन्धित क्वारेन्टिनसम्मको यातायात खर्च समेत बेहोर्नुपर्ने दूतावासले जनाएका छ । तर सम्बन्धित श्रम गन्तव्य मुलुकले वा रोजगारदाता कम्पनीले वा नेपालस्थित म्यानपावर कम्पनीले केही वा सबै खर्च बेहोर्ने भएमा बाँकी खर्च मात्र सम्बन्धित व्यक्तिले बेहोर्दा हुने दूतावासले जनाएको छ ।
दूतावासले फर्किनुअघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (पीसीआर, आरडिटी र अन्य परीक्षण) को प्रमाणपत्र समेत साथमा राख्न आग्रह सबैलाई आग्रह गरेको छ ।
अन्य सूचनाको लागि तलको विज्ञप्ति (सूचना) हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण