नेपालमा निसर्ग चक्रवातको प्रभाव : यस्तो रहनेछ आजको मौसम
हाल नेपालमा पश्चिमी वायु तथा अरब सागरमा रहेको ‘निसर्ग चक्रवात’ को आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश नम्बर १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहको छ । महाशाखाले देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बुधबार प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका भू–भागहरूमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम आशिंक बदली रहनेछ । प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
विहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहेर बाँकी भू–भागमा मौसम सामान्य बदली रहनेछ । सुप प्रदेश , कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी प्रदेशका भू–भागमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू–भागमा मौसम सामान्य बदली रहनेछ । सुप प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण