कोरोनाका कारण दुई दिनअघि छोरा गुमाएकी वाजिदकी आमालाई पनि संक्रमण
बुधबार, २१ जेठ २०७७, १४ : २५
३१ मे मा बलिउडका चर्चित संगीत निर्देशक वाजिद खानको निधन भएको थियो । मृत्यु हुनु केही दिन अघि उनी कोरोनाद्वारा संक्रमित पाइएका थिए । अब साजिद–वाजिदको पारिवारिक स्रोतका अनुसार उनकी आमा रजीना खान पनि कोरोनाद्वारा संक्रमित पाइएको एक भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
रजीना खानलाई चेम्बूरको सुराना अस्पतालमा भर्ना गरिएको छ । स्मरण रहोस्, यो त्यहि अस्पतालको हो जहाँ वाजिद खानको उपचार गरिएको थियो । स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले साजिद–वाजिदको आमाको स्वास्थ्यमा सुधार आइरहेको र उनको कोरोना परीक्षण नेगेटिभ नआएसम्म उनी केही दिनसम्म अस्पतालमा रहने बताएको छ ।
यो पनिः
छोरा वाजिदको निधन भएको भोलिपल्ट उनकी आमामा कोरोना संक्रमण देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
-
नयाँ पार्टी निर्माण अघि धवलशमशेर राणा र दुर्गा प्रसाईंले बनाए २४ वटा समिति
-
‘लिटिल मिस एन्जल’को उपाधि आर्याहीलाई
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
-
बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
-
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण