प्रहरीद्वारा घाटबाटै शव नियन्त्रण
बुधबार, २१ जेठ २०७७, १६ : ४१
रौतहट । रौतहट प्रहरीले जलाउनै लागेको एकजना महिलाको शव घाटबाटै नियन्त्रणमा लिएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका– १० बालचनपुरस्थित घाघी खोलामा जलाउन लागेको अवस्थामा २६ वर्षीय सिमाकुमारीको शव नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले महिलाको शव नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी हेमबशादुर शाहीले जानकारी दिए ।
मृतक महिलाका श्रीमान मुकेशलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको शाहीले जानकारी दिएका छन् । मृतक महिलाका आफन्तले शंकास्पद मृत्यु भएको भनी प्रहरीमा जानकारी दिएपछि प्रहरीले पाष्ेटमार्टमको लागी शव ल्याएर चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालको शवगृहमा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण