मुगु पनि कारोनाबाट अछुतो रहेन
मुगु । देशभरका ७७ जिल्लामध्ये ६१ जिल्लामा कारोना सङ्क्रमण देखिरहँदा पनि कोरोनाले नछोएको मुगु जिल्लाका एक जनामा कारोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ घर भएका २७ वर्षीय युवकको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्याबमा स्वाब पिसीआर परीक्षण गर्दा पोजेटिप रिपोर्ट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले जानकारी गराए ।
सङ्क्रमित युवा खत्याड गाँउपालिकाले स्थापना गरेको हलेखाड क्वारेन्टिनमा बस्दै आएका थिए । कोरोना सङ्क्रमित युवालाई बिहीबारै रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेशनमा वार्डमा राखिएको छ भने निजको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
जिल्लाका रहेका चार स्थानीय तहमध्ये सबैभन्दा बढी भारतबाट सोही गाउँपालिकाका स्थानीयवासी भित्रिएपछि सरोकारवालाले यो गाउँपालिका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको बताउँदै आएका थिए । सङ्क्रमित रहेको क्वारेन्टिनमा रहेका अन्य ४७ जनाको एक हप्तापछि आरडिटी गरेर मात्र घर पठाउने डा नगरकोटीले बताए । मुगुमा थपिएको एकसहित कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २७९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण