अमेरिकामा पछिल्लो आन्दोलनका क्रममा ५५ अरब अमेरिकी डलर बराबरको क्षति
एजेन्सी । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ । मिनियापोलिसका अधिकारीहरुले दिएको जानकारी अनुसार आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र तोडफोडका कारण यति ठूलो रकम बराबरको क्षति भएको हो ।
उनीहरुले अहिलेसम्मको प्रारम्भिक विवरण अनुसार २२० घरमा क्षति भएको छ भने क्षति भएका भवनहरुको सङ्ख्या त्योभन्दा बढी हुनसक्ने अनुमान गरेका छन् । प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु भएपछि उनको हत्या भएकोभन्दै देशभरी प्रदर्शन भइरहेको छ ।
मिनियापोलिसका मेयर जाकोब फ्रेयीले क्षति भएकाहरुलाई पुनर्निर्माण गर्न क्षतिपुर्तिका लागि राज्य तथा संघीय सरकारसँग आग्रह गरिने जानकारी दिए । अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभरी प्रदर्शन गर्दै आइरहेका छन् ।
आन्दोलन हिंसात्मक हुदै गएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर निषेधाज्ञा आदेश पनि जारी गर्नु परेको थियो । कतिपय ठाउँमा निषेधाज्ञा पनि तोडेर प्रदर्शनकारीहरुले आन्दोलनलाई चर्काउँदै लगेका थिए । प्रदर्शनकारी र प्रहरीका बीचमा धेरै ठाउँमा झडप भएका थिए भने आन्दोलनका क्रममा कम्तीमा १२ जनाको मृत्यु पनि भएको छ । यो बीचमा हजारौँ पक्राउ परेका छन् भने सयौँ घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण