कालापानीबाट भारतीय सेना हटाउन २०३१ सालमै भएको थियो दरबारबाट प्रयास
काठमाडौं – २०२६ वैशाख १७ गते नेपालको उत्तरी सिमानामा हतियार र सञ्चार उपकरणसहित बसेका भारतीय सेनाका १७ वटा पोस्ट फिर्ता पठाइए, तर २०१९ सालदेखि कालापानीमा बस्दै आएको १८ औं पोस्ट फिर्ता भएन ।
२०३२ सालमा नेपालले पहिलो पटक नयाँ नक्सा जारी गर्यो । नयाँ नक्सा जारी गर्नुअघि २०३१ सालमा दरबारले कालापानीबाट भारतीय सेना हटेको/नहटेको विषयमा गम्भीर चासो राखेको खुलासा भएको छ ।
२०३१ सालमा दरबारले तत्कालीन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखी कालापानीबाट भारतीय सेना हटे/नहटेको बारेमा जानकारी गराउन निर्देशन दिएको प्रमाण भेटिएको छ ।
दरबारको निर्देशनपछि तत्कालीन सरकारले यस विषयमा फिल्डमै गई अध्ययन गर्न एउटा टोली गठन गरेको थियो ।
स्रोतका अनुसार २०३० सालमा परराष्ट्र र गृहका प्रतिनिधि पुरुषोत्तम रेग्मी र हरिप्रसाद खत्री कालापानी क्षेत्रमा गई तत्कालीन सरकारलाई झण्डै ४० पेज लामो प्रतिवेदन बुझाएका थिए । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण