बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । गएको २४ घन्टाभित्र बेलायतको अस्पातालमा थप ३ सय ५७ जनाको कोरोना भाइरसका कारण निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । योसँगै बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ४० हजार २ सय ६१ पुगेको छ ।
यसैगरी २४ घन्टामा थप १ हजार ६ सय ५० जानामा कोरोना पोजिटिभ देखिएको छ । हालसम्म बेलायतमा कोरोनाबाट २ लाख ८३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । विश्वभरिमा ४० हजार भन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका पछि बेलायत दोस्रोमा पर्दछ । बेलायत युरोपकै बढी संक्रमित मुलुकमा पर्दछ ।
यसैगरी बेलायतमा कोरोनाबाट मृत्यु नेपालीहरुको कुल संख्या ६७ पुगेको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । प्रवक्ता शरदराज आरनका अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीमध्ये ५६ जना पुरुष र ११ महिला छन् । उनीहरुमध्ये भूपू गोर्खा र उनीहरुका परिवारका सदस्यको संख्या ५६ जना छ । दूतावासले गोर्खा वेल्फेयर ट्रस्ट, भूपू गोर्खाका संघसंस्था र स्थानीय काउन्सिलहरुसंगको समन्वयमा तथ्याँक संकलन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण