शनिबारको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको छ ।
यसैगरी, शनिबार बिहान देशभरी नै सामान्यदेखि पूर्ण बदली भइरहेको छ । प्रदेश १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बाग्मती प्रदेशका केही स्थानहरुमा हल्का र मध्यम वर्षा भइरहेको छ । भने प्रदेश ५ र प्रदेश २ का थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
शनिबार दिउँसो प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशमा पूर्ण बदली हुनेछ । गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश ५ मा सामान्य बदली हुने अनुमान गरिएको छ ।
यस्तै, प्रदेश १,२, र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, राति प्रदेश १ र बागमती प्रदेशमा पूर्ण बदली हुने पूर्वानुमान गरिएको छ भने बाँकी प्रदेशमा सामान्य बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण