जुम्लामा विप्लव समूहका एक कार्यकर्ता पक्राउ
जुम्ला । जुम्लामा नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । सिञ्जा गाउँपालिका– १ का २९ वर्षीय शक्तसिंह रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दले बताए ।
उनलाई सिञ्जामा मसाल जुलुस गरी एमसिसीसहित विभिन्न नाराबाजी गर्दै मसाल जुलुस गरेको समयमा पक्राउ गरी रोकायालाई अभद्र व्यवहारको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुई वडा सिल
जुम्लाको चन्दननाथ नगरपालिकाका दुई वडा सिल गरिएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि वडा सिल गरिएको हो । जिल्लास्तरीय एकीकृत क्वारेन्टिन रहेको सो वडाका स्थानीयवासीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सिल गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।
जिल्लाको पूर्वमा देवलडाँडा, पश्चिममा जुगाडखोला, उत्तरमा सिनामुल तथा दक्षिणमा जुम्ला बुहुमखी क्याम्पसको चार किल्लाभित्रको क्षेत्रलाई सिल गरिएको प्रशासनले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै जुम्लामा तीन दिनदेखि जारी कर्फ्यु २३ गते राति १२ः०० बजेदेखि हटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण