नवलपरासीमा सशस्त्र प्रहरीद्वारा हवाई फायर
आइतबार, २५ जेठ २०७७, २३ : २६
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया नाकामा आज साँझ स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि जवाफमा प्रहरीले हवाई फायर गरेको छ । स्थिति नियन्त्रणमा लिन हवाई फायर भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।
भारतीय बजारबाट मल भित्र्याउन रोक लगाएको बहानामा सीमा क्षेत्रमा जम्मा भएका स्थानीयवासीले काममा खटिएका प्रहरीको टोलीमाथि ढुङ्गा र गुलेलीले आक्रमण गरेपछि चार राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए । घटनामा ६ सशस्त्र प्रहरी घाइते भएका छन् । तिनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण