क्वारेन्टिनका लागि ४३ वटा होटलको सूची
काठमाडौं – सरकारले विदेशबाट नेपाल आएका नेपालीले आफ्नै खर्चमा बस्नका लागि पहिलो चरणमा उपत्यकामा ४३ वटा होटलको सूची सार्वजनिक गरेको छ । होटल सङ्घ नेपालले सरकारलाई बुझाएको होटलको विवरणअनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले चारतारेदेखि पर्यटकीयस्तरका होटलको सूची सार्वजनिक गरेको हो ।
सरकारले गत शुक्रबारदेखि विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन थालेको छ । स्वदेश आएकालाई प्रदेश र स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा राख्ने व्यवस्था गरेको छ भने त्यसबापत खाना र बस्नका लागि खर्च व्यक्तिले नै बेहोर्नु पर्दैन तर उक्त क्वारेन्टिनमा बस्न नचाहने तथा नेपाल आएर आफैँ खर्च गरेर क्वारेन्टिनमा बस्न चाहनेलाई सरकारले होटलमा राख्ने निर्णय यसअघि गरिसकेको छ ।
चारतारे होटलको एक बेड भएको कोठाका लागि आठ हजार र दुई बेड भएको कोठाका लागि प्रतिबेड पाँच हजार ५०० रुपियाँ तोकिएको छ । यसैगरी तीनतारे होटलमा एक्लै बस्न चाहनेका लागि छ हजार, दुई जना बस्न चाहनेका लागि प्रतिव्यक्ति तीन हजार ५०० रुपियाँ निर्धारण भएको होटल सङ्घले जनाएको छ । यसैगरी दुईतारे होटलमा एक्लै बस्न चाहेका लागि पाँच हजार र दुई जनाका लागि प्रतिव्यक्ति दुई हजार ५०० रुपियाँ तय भएको छ । यसमा चार पटकसम्मको खाना र खाजा पनि समावेश हुनेछ ।
त्यसैगरी एकतारेका हकमा भने एक्लै बस्न चाहनेका लागि चार हजार र दुई जना बस्दा प्रतिव्यक्ति दुई हजार ५०० रुपियाँ तोकिएको छ । साथै पर्यटकीयस्तरका होटलको हकमा एक्लैका लागि तीन हजार र दुई जनाका लागि प्रतिव्यक्ति दुई हजार रुपियाँ निर्धारण गरिएको भएको छ । सङ्घका अनुसार यो मूल्यमा करसमेत जोडिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण