जुम्लाको कनकासुन्दरी गाउँपालिकामा स्वदेशबाट भित्रिएकालाई अलग्गै क्वारेन्टिन
जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिकाले स्वदेशबाटै जिल्ला भित्रिएकालाई बस्न अलग्गै क्वारेन्टिन निर्माण गरेको छ । भारतबाट आएकाहरुलाई तीन स्थानमा क्वारेन्टिन निर्माण गरेकोमा स्वदेश भित्रबाट घर आउनेका लागि एक क्वारेन्टिन निर्माण गरेको हो ।
पछिल्लो समयमा भारतबाट भित्रिनेहरुमा कोराना संक्रमण देखिएपछि स्वदेश भित्रबाट आउनेलाई छुट्टै क्वारेन्टिन निर्माण गरिएको कनकासुन्दरी गाउँपालिका नरबिर रावतले जानकारी दिए ।
उनका अनुसार कनकासुन्दरी ४ मा दुई क्वारेन्टिन निर्माण गरिएको छ ।
गाडीमा आउने हरेकलाई गोठी जिज्युला प्रहरी चौकीले पहिचान गर्छ । स्वदेशको भए हाड सिंजा हस्पिटल पठाउँछ । विदेशको भए भारतबाट आउनेहरु निकै जोखिममा रहेकोले नियमित स्वास्थ्य जाँच र पिसिआर परिक्षण गर्न सहज होस भनेर सिधै जिल्लास्तरीय क्वारेन्टिनमा पठाउने गरिएको छ ।
वडाध्यक्ष रबिलाल आचार्य क्वारेन्टिन व्यवस्थापनका लागि कुनै कसुर बाँकी नराखेको बताउँछन् । हाल ५३ जना भारतबाट गाउँ फर्केकाहरु क्वारेन्टिनमा बसेका छन् । भारतबाट आएकाहरु बढी संक्रमित देखिएकोले स्वदेश तथा विदेशबाट फर्किनेहरुका लागि छुट्टा–छुट्टै क्वारेन्टिन निर्माण गरिएको नि. प्रमुख प्रशासकिय अधिकृत बिपिन प्रसाद अधिकारी बताउँछन् ।
‘स्वदेश भित्रबाट आउने पनि एक्कासी भित्रिन थाले । आउनपूर्व जानकारी दिँदैनन्,’ नि प्रमुख प्रशासकिय अधिकृत अधिकारी भन्छन्, ‘एक्कासी आउँदा व्यवस्थापनमा निकै समस्या हुने गरेको छ । तर स्थानीय युवाको साझेदारीमा क्वारेन्टिन व्यवस्थापन भइरहेको छ ।’
क्वारेन्टिनमा बसेकाहरु पनि व्यवस्थापन सन्तोषजनक रहेको बताउँछन् । उनीहरु भन्छन्, ‘यो क्वारेन्टिनमा व्यवस्थापन, व्यवहार र सम्पर्क निकै सन्तोष नै छ । ’ यहाँ भारतबाट भित्रिनेका लागि स्वास्थ चौकी कोटघर इलाका स्वास्थ चौकी हाड सिंजा भैले पाटा आधारभूत विद्यालय लेकपोर क्वारेन्टिन निर्माण गरिएको छ । यी तीनै क्वारेन्टिनमा कनकासुन्दरी गाउपालिका भारतबाट आएकाहरु एक सय भन्दा बढी बसेका छन् ।
भारतबाट आउनेका लागि जिल्लास्तरीय क्वारेन्टिन समेत निर्माण भएका छन् । अहिले सबै क्वारेन्टिनमा भारतबाट आएकाहरु नै बसेका छन् । यहाँका हरेक स्थानीय तहले भारतबाट आएका र स्वदेशबाट आएका बीच फरक–फरक क्वारेन्टिन निर्माण गरिएको छ ।
जेठ १९ गते भारतबाट आएकाहरु मध्ये १७ जनाका कोराना संक्रमण देखिएपछि अलग्गै क्वारेन्टिन बनाउने कार्यमा स्थानीय तह जुटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण