शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा लागूऔषध कारोबार बढ्यो, फेरि एक जना लागूऔषधसहित पक्राउ

मङ्गलबार, २७ जेठ २०७७, ०९ : १५
मङ्गलबार, २७ जेठ २०७७

परासी – पश्चिम नवलपरासीमा लागूऔषधको कारोबार बढेको पाइएको छ । लागूऔषध कारोबारीले लकडाउनको मौकाछोपी सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा लागूऔषध ओसारपसार गरिरहेको पाइएको छ ।

लकडाउनलाई पूर्ण रुपमा पालना गराउन सिमामा खटिएको शसस्त्र प्रहरी  र नेपाल प्रहरी मुख्य चोकमा गस्तीमा खटिने हुँदा लागूऔषध कारोबारीहरु भित्री बाटोहरु प्रयोग गरी कारोबार गर्दै आएको स्थानीय बताउँछन् । 

भारतीय कारोबारीहरुले सानो झोलामा लागूऔषध राखेर दशगजा पारी फ्याक्ने गर्दछन् भने नेपाली कारोबारीहरु खेतीको बहानामा दशगजामा गई सो लागूऔषध आफनो पाइन्ट, ज्याकेट, जुत्ता र मोटरसाइकलहरुमा लुकाएर नेपाल छिराउने गर्दछन् ।   

त्यसैगरी,  जिल्लामा फेरि पनि एकजना लागूऔषधसहित पक्राउ परेका छन् । जिल्लाको सुस्ता गाउँपालिका ५ रतनगंजको भित्री सडकखण्डमा प्रहरीको चेकजाँचमा ठुलो मात्रामा लागूऔषधसहित एकजना पक्राउ परेको ५ नं. प्रदेश प्रहरी कार्यालय दाङ्गले जनाएको छ । 

पक्राउ पर्नेमा पूर्वी नवलपरासीको बिनयीत्रिवेणी गाउँपालिका ६ रानीनगर बस्ने २६ बर्षिय निरज कुमार गौडलाई पक्राउ गरि थप अनुसन्धान थालेको छ । गौडले प्रयोग गरेको युपी ५३ एजे ०२७७ नम्बरको भारतीय नम्बर प्लटेको मोटरसाईकल पनि बरामद गरिएको छ ।

गत २५ गते आइतबार रामनगर प्रहरी चौकीबाट गस्तीमा खटिएको प्रहरी टोलीले गौडलाई शंकाका आधारमा चकेजाँच गर्दा उनको पाईन्ट र ज्याकेटमा लागूऔषध लुकाएर ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले भेटेको थियो । प्रहरीले उनको साथबाट नाईट्रोभेट ६० ट्याब्लेट, स्पास्मो ३२ क्याप्सुल, ओनोरेक्स १०० मिलीको ४ सीसी, सानो फोल्डिङ्क चक्कु एकथान, २ थान मोबाईल, नगद ६५५ रुपैया बरामद गरेको ५नं. प्रदेश प्रहरी कार्यालय दाङ्गले जनाएको छ ।

जिल्लाको भुजहवाँ, बसैया, झुल्नीपुर र रामनगर नाकामा लागूऔषध कारोबारीहरुको उपस्थिती बढेको पाइन्छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीले लकडाउनको अवधिमा मात्र एक दर्जनलाई लागु औषधसहित पक्राउ गरि मुद्दा चलाएको बताउछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप