प्रतिनिधिसभामा आज ८ मन्त्रीले जवाफ दिने
आज बस्ने प्रतिनिधिसभाको बैठकमा ८ मन्त्रीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदैछन् । बिहान ११ बजे तय गरिएको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ कार्यसूची रहेको छ ।
आज ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सम्बन्धित मन्त्रीले जवाफ दिँदैछन् ।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय अन्र्तगत उठेको प्रश्नको पनि जवाफ दिने कार्यसूची रहेको छ ।
विभिन्न दलका सांसदहरुले विभिन्न मन्त्रालयको विभिन्न शीर्षकहरुमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरुलाई सभामुख अग्नि सापकोटाले विनियोजन विधेयक, २०७७ लाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसुची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण