डोटीका १० वडा स्वास्थ्य संस्थाविहीन
डोटी । यहाँका गाउँपालिका तथा नगरपालिकाका वडामा स्वास्थ्य संस्थाविहीन हुँदा स्थानीयवासीले उपचार पाउन सकिरहेका छैनन् । बडिकेदारको वडा नं २, आदर्शको वडा नं ३,सायल गाउँपालिकाको वडा नं २, दिपायल सिलगढीको वडा नं ३, ४ र ७, ५ र ६ र शिखर नगरपालिकाको वडा नं ३ र ८ रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कोरोना भाइरसको जोखिम भइरहेका बेला यहाँका कतिपय वडा कार्यालय वर्षौंदेखि स्वास्थ्य संस्थाविहीन हुँदासमेत जनप्रतिनिधि र कर्मचारीले स्थानपनाका लागि कुनै पहल नचालेको स्थानीयवासीको आरोप छ ।
सरकारले स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको स्तरोन्नति गरी १५ श्ययाका अस्पताल बनाउने प्रावधान अघि सारे पनि यहाँका कतिपय वडा कार्यालयमा सामान्य औषधि उपचार गर्ने स्वास्थ्य संस्था पनि स्थापना हुन सकेका छैनन् । स्थानीय नागरिकले सामान्य उपचारका लागि जिल्ला सदरमुकाम सिलगढी, गाउँपालिकामा रहेका स्वास्थ्य संस्था तथा जिल्ला बाहिर जानुपर्ने वर्षौंदेखिको बाध्यता कायमै रहेको छ । सरकारले तोकेका मापदण्ड ती वडा कार्यालयले पूरा गर्न नसक्दा स्थानीयवासीले दुःख पाउँदै आएको जोरायल गाउँपालिका वडा नं ५ गड्सेराका स्थानीयवासी डम्बरबहादुर विष्टले बताए । उनले भने– ‘वडा प्रतिनिधि र कर्मचारीले मापदण्ड नपु¥याउँदा स्वास्थ्य संस्था स्थापना भएनन्, दुःखजति जनतालाई भयो ।’ यहाँका विभिन्न गाउँपालिकाअन्तर्गतका दशवटा वडा कार्यालय वर्षौंदेखि स्वास्थ्य संस्थाविहीन रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले दिनुभएको जानकारीअनुसार सरकारबाट स्वीकृत मापदण्डअनुसार जिल्लाका नौवटा स्थानीय तहका कूल ६५ वडामध्ये ५५ वडामा मात्रै मापदण्ड पुगेका स्वास्थ्य संस्था रहेको र पाँच स्थानीय तहका १० वटा वडा कार्यालय स्वास्थ्य संस्थाविहीन रहेका छन् । उनका अनुसार ती १० वडामा सामुदायिक स्वास्थ्य इकाइ, शहरी स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र भए तापनि मापदण्ड पूरा भएका आधारभूत स्वास्थ्य केन्द्र नरहेकाले स्वास्थ्य कार्यालयको रेकर्डमा १० वटै वडा स्वास्थ्य संस्थाविहीन भएका हुन् । वडा कार्यालयका पदाधिकारीको गैरजिम्मेवारीका कारण यहाँका १० वटा वडा कार्यालय स्वास्थ्य संस्थाविहीन भएको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने– ‘जब वडा कार्यालयले नै गैरजिम्मेवार हुने र नागरिकको स्वाथ्यमा ध्यान दिने काम गर्दैनन् भने कसरी वडामा स्वास्थ्य संस्था स्थापित हुन्छन् त ?’
वडा स्वास्थ्य संस्थाविहीन भएका कारण संविधानतः मौलिक हकका रुपमा रहेको आधारभूत स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ रहेको उनको भनाइ छ । ती वडामा तत्काल स्वास्थ्य संस्था स्थापना गर्नका लागि स्वास्थ्य कार्यालयले सम्बन्धित स्थानीय तहसँग सिफारिस माग गरेको भए पनि हालसम्म कुनै ठाउँबाट पनि सिफारिस आइनसकेको र सिफारिस आएमा मन्त्रालयमा विवरण पेश यो वर्षभित्रै स्वास्थ्य संस्था स्थापनाका लागि पहल चालिने जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
यसैबीच डोटीका विभिन्न स्थानीय तहले ३१ वटा स्वास्थ्य संस्थाको स्थापना गरेका छन् । स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार सात वटा स्थानीय तहले सामुदायिक स्वास्थ्य इकाइ, नगर स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्रका रुपमा ३१ वटा स्वास्थ्य संस्था स्थापना गरेका छन् । तीमध्ये बडीकेदार गाउँपालिकाले पाँच, दिपायल सिलगढी नगरपालिकाले चार, आदर्श गाउँपालिकाले ६, सायल गाउँपालिकाले दुई, शिखर नगरपालिकाले तीन, जोरायल गाउँपालिकाले ६ र बोगटान फुड्सिल गाउँपालिकाले पाँचवटा स्वास्थ्य संस्था स्थापना गरेका छन् । ती स्थानीय तहले आफ्नै लगानीमा व्यवस्थापन तथा खर्च व्यहोर्ने गरी स्वास्थ्य संस्था स्थापना गरी सेवा दिन शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयले जानाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण