कोरोना भ्याक्सिन– बाँदरमा देखियो यस्तो उत्साहजनक नतिजा
एजेन्सी । चिनियाँ अनुसन्धानकर्ताद्वारा बनाइएको कोभिड–१९ विरुद्धको सम्भावित भ्याक्सिन बाँदरमा परीक्षण गर्दा उत्साहजनक नतिजा देखिएको छ, यसले एन्टिबडिज उत्पादन गरेको छ भने सुरक्षाको कुनै खतरा देखाएको छैन । अनुसन्धानकर्ताहरुले १ हजारभन्दा धेरैलाई सहभागी गराएर मानिसमा परीक्षण गर्ने काम प्रक्रियामै रहेको जानकारी दिएका छन् । बिबिआईबिपी–कोर भी नामक यस भ्याक्सिन निर्माताले त्यस्तो उच्च तहको न्युट्रालाइसिङ एन्टिबडिज उत्पादनका लागि सहयोग गर्यो, जसले बाँदर, मुसा, सुँगुर, खरायोलगायतको सेल्समा संक्रमण गर्नबाट भाइरसलाई रोक्न सक्छ ।
‘यस नतिजाले क्लिनिकल ट्रायलका दौरान बिबिआईबिपी– कोर भीको थप मूल्याङ्कनका लागि सहयोग गर्नेछ,’ अनुसन्धानकर्ताहरुले प्रतिवेदनमा भनेका छन् । चीनको राष्ट्रिय फर्माक्युटिकल ग्रुप (सिनोफार्म) मा आबद्ध बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्टस्ले बिबिआईबिपी– कोर भी विकास गरेको हो । चीनले मानिसमा परीक्षण गर्न लागेका पाँच सम्भावित भ्याक्सिनमध्ये यो एक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण