संक्रमितको उपचारमा प्रतिदिन ३८ हजारसम्म खर्च हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत तयार पारेको छ। मन्त्रालयले संक्रमित बिरामीको अवस्था र आवश्यकताका आधारमा प्रतिसंक्रमित प्रतिदिन ६ हजारदेखि ३८ हजारसम्म खर्च लाग्ने अनुमानसहितको योजना तयार पारेको हो।
मन्त्रालयले तयार पारेको ‘कोभिड–१९ हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा सामान्यदेखि गम्भीर प्रकारका संक्रमितलाई आधार मानिएको छ। योजनामा सामान्य (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) केसका आधारमा प्रतिदिन प्रतिव्यक्ति लाग्ने खर्च अनुमान गरिएको हो।
योजना अनुसार सामान्य अवस्थामा रहेका संक्रमितको केसमा आवश्यकता हेरी प्रतिदिन ६ हजारदेखि साढे १४ हजारसम्म उपचार खर्च लाग्ने देखिन्छ। मध्यम केसमा प्रतिदिन १० हजारदेखि करिब २४ हजार लाग्ने अनुमान छ। त्यस्तै गम्भीर अवस्थाका संक्रमितको केसमा प्रतिदिन १९ हजारदेखि ३८ हजार रुपैयाँसम्म उपचार खर्च लाग्ने अनुमान गरिएको छ। यो रकम जनशक्ति, खाद्यान्न र पिपिई जोडेर हो। यो समाचार आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण