२ जनामा कोरोना पुष्टि भएपछि पाँचपोखरी थाङ्पालको सेवा बन्द
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले दुईजनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेकको सबै काम असार १ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । दोलखाबाट आएका पाँचपोखरी थाङ्पाल गाउँपालिका—६ का १० जनामध्ये दुई जनामा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी अर्को सूचना नआएसम्म जेठ २८ देखि असार १ गतेसम्म गाउँपालिका कार्यालय र वडाकार्यालयका अत्यावश्यक सेवा बाहेकको सबै काम बन्द हुने जनाएको छ ।
कोरोना सङ्क्रमण देखिएका दुईजनालाई पुनः परीक्षण गर्नुपर्ने देखिएकाले सबै सेवा बन्द गर्नुपरेको निमित प्रशासकीय अधिकृत सञ्जयकुमार सिंहले हस्ताक्षर गरेको सूचनामा भनिएको छ । सङ्क्रमित दुबै जनाको मेलम्ची नगरपालिकाको आइसोलेशन कक्षमा उपचार शुरु भएको छ ।
द्वन्द्वकालीन बम भेटियो
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका माङ्खामा द्वन्द्वकालमा राखिएको बम भेटिएको छ । वडा नं ६ मा स्वास्थ्य चौकी बनाउनका लागि खन्दै गर्दा बुधबार बम भेटिएको वडाध्यक्ष चित्र लामाले जानकारी दिए । स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरेपछि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
घटनास्थललाई सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षित राखेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली पनि त्यसतर्फ गइसकेको छ । सो ठाउँमा द्वन्द्वकालमा बम भण्डारण गर्ने गरिएको स्थानीय नेकपा कार्याकर्ताले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण