वीर अस्पताल स्वास्थ्य सामाग्री खरिद गर्दै
काठमाडौं । वीर अस्पतालले कोभिड–१९ उपचारको लागि स्वास्थ्य उपकरण खरिद गर्न सुरु गरेको छ । अस्पतालले कोभिड–१९ को उपचार लागि २० आइसियू बेड र १० भेन्टिलेटर खरिद प्रक्रियालाई अगाडि बढाएको हो । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीकाअनुसार कोभिड–१९ उपचारका लागि स्वास्थ्य उपकरण खरिद प्रक्रियामा रहेको छ । कोभिड उपचारका लागि चाहिने स्वास्थ्य उपकरण खरीदका लागि वीर अस्पताललाई करिब ४ करोड ८० लाख रुपैँया निकासा गरिएको थियो ।
सरकारले करिब साढे दुई महिनाअघि १५ दिनभित्र उपत्यकाका (कोभिड) अस्पतालमा १ सय २० आइसियू थप्ने निर्णय गरेको थियो । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा ४० आइसियू बेड र अन्य ४ कोभिड अस्पतालमा २० बेडका दरले आइसियू थप्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रकम निकासा गरेको थियो ।
१ सय २० आइसियू थप्नका लागि टेकुस्थित सरुवा रोग अस्पताललाई २० करोड र अन्य अस्पताललाई १२ करोड ५० लाख रकम निकासा गरेको थियो । वीर अस्पतालले कोभिड–१९ का जटिल अवस्थामा पुगेका बिरामीलाई उपचार गर्नका लागि चाहिने स्वास्थ्य उपकरण खरिद प्रक्रियालाई तीन पटकसम्म सस्तो र विश्वसनीय सामाग्रीका लागि टेण्डर आह्वान गरे पनि स्वास्थ्य मन्त्रालयले उल्लेख गरेका सबै सामाग्री ल्याउन नसकेको खरिद इकाइका एक कर्मचारीले बताए ।
स्वास्थ्य मन्त्रालयले निकासा गरेको कूल ४ करोड ८० लाख रकममध्ये आधा रकमले मात्र स्वास्थ्य सामाग्री खरिद प्रक्रिया अगाडि बढाएको ती कर्मचारीको भनाई छ । सरकारले १५ दिनभित्र आइसियूको व्यवस्था गर्न उपत्यकाका कोभिड अस्पताललाई निर्देशन दिए पनि पूरा हुन सकेको छैन् ।
वीर अस्पतालमा भने जाइकाले निर्माण गरिदिएको भवनमा १७ वटा आइसियू बेड पूर्वतयारी अवस्थामा राखिएको छ । वीरमा जटिल अवस्था भएका बिरामीलाई राख्नका लागि १७ वटा आइसियू बेड र करिब १० वर्षअघि खरिद गरिएका २० वटा भेन्टिलेटर रहेका छन् । ती स्वास्थ्य सामाग्रीलाई आवश्यकताको आधारमा प्रयोग गर्न सकिने कर्मचारीहरु बताउँछन् । त्यसको उचित व्यवस्थापन नगरी नयाँ आइसियू बेड र भेन्टिलेटर खरिदका लागि साढे दुई महिनापछि प्रक्रिया अघि बढाइएको ती कर्मचारीले बताए ।
उता, कोभिड–१९ का बिरामी भर्ना गर्ने आइसियू बेड र भेन्टिलेटर खरिद प्रक्रिया ढिलाइ भइरहेका बेला अन्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य उपकरण खरिद गर्न अस्पतालका केही समूहको सक्रियता बढिरहेको उनले बताए । ‘अस्पतालमा Gesophageal manometry, c-arm तथा अन्य स्वास्थ्य उपकरण मर्मत गरेर चल्न सक्ने छन् तर त्यसको उचित मर्मत सम्भार नगरी नयाँ खरिदका लागि समूह सक्रिय भएको छ’ अस्पतालकै अर्की एक महिला कर्मचारीले बताइन् । यद्यपि, अस्पतालका निर्देशक डा. सेन्चुरीले भने लकडानको समयमा कोभिड बाहेकका स्वास्थ्य उपकरण खरिद प्रक्रियामा अस्पताल नलागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण