अमेरिकामा तीन महिनाभित्र दुई लाख संक्रमितको मृत्यु हुने आशंका
अमेरिकामा तीन महिनाभित्र अर्थात् सेप्टेम्बर महिनासम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या दुई लाख पुग्ने अनुमान गरिएको छ ।
हार्वर्ड ग्लोबल हेल्थ इनिशिएटिभका प्रमुख आशिष झाले अमेरिकी टिभी च्यानल सीएनएनलाई दिएको अन्तरवार्तामा यदि नयाँ संक्रमितको संख्यामा तीब्र रुपमा वृद्धि भएन भने सेप्टेम्बर महिनासम्ममा अमेरिकामा मृत्यु हुनेको संख्या दुई लाखसम्म पुग्ने बताएका छन् ।
उनले सेप्टेम्बर महिनापछि महामारी समाप्त नहुने बताउँदै त्यसपछिका महिनामा पनि मृत्युको सिलसिला जारी रहने जानकारी दिएका छन् ।
जोन हपकिन्स युनिभर्सिटको ड्याशबोर्डका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख पार भइसकेको छ जबकी त्यहाँ अहिलेसम्म १ लाख १३ हजार बढीको मृत्यु भइसकेको छ ।
अमेरिकामा यसै बुधबारदेखि लकडाउन खुकुलो बनाइएको छ । आशिष झाले यसका लागि चिन्ता पनि जताएका छन् । उनले कोरोनाका नयाँ मामलामा नियन्त्रण अघि नै अमेरिकामा लकडाउन खोलिएको आरोप लगाए ।
यसका साथै उनले कोरोनाभाइरसका कारण भएको धेरैजसो मृत्युलाई परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, कडा सामाजिक दुरी र मास्कको प्रयोगमार्फत् रोक्न सकिन्थ्यो भनेर सम्भावना व्यक्त गरेका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण