साढे चार करोडको लगानीमा नेपाली व्यवसायीले खोले जापानमा रेस्टुरेन्ट
काठमाडौं – जापानमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायी केशब अधिकारीले चार करोड ५० लाख लगानीमा नेपाली रेस्टुरेन्ट सञ्चालन गरेका छन् ।
जापानस्थित कामाता स्टेशनबाट करिब ३ मिनेटको पैदल दुरीमा रहेको रेस्टुरेन्टको नाम ‘चौतारो’ राखिएको सञ्चालक अधिकारीले जानकारी दिए । रेस्टुरेन्ट यही जुन १५ बाट सञ्चालनमा आउने भएको छ ।
रेस्टुरेन्टलाई नेपाली कला र संस्कृति झल्किने गरी सजाइएको छ । झट्ट हेर्दा नेपाली म्युजियम जस्तो देखिने उक्त रेस्टुरेन्टमा नेपाली टिपिकल खाना र नास्ताको स्वाद लिन सकिने सञ्चालक अधिकारीले जानकारी दिए ।
यसैगरी, रेस्टुरेन्टमा क्यबिनसहित २५० जना अट्न सक्ने क्षमताको रहेको छ ।
विशेषगरी नेपाली ग्राहकलाई लक्षित गरी निर्माण गरिएको उक्त रेस्टुरेन्टमा सुपथ मूल्यमा खसीको मासु, चामल लगायत खाद्य बस्तु किन्न सक्ने व्यवस्था समेत रहेको छ । त्यसैगरी नेपालीहरुको हकमा निःशुल्क रेमिट्यान्स सुविधा रहेको पनि व्यवसायी अधिकारीले जानकारी दिए ।
सञ्चालक अधिकारीले मासिक १ करोड बराबरको कारोबार गर्ने लक्ष्य राखेका छन् । चौतारोले एउटै छाना मुनी विभिन्न नेपाली परिकारहरुको स्वादसहित नेपाली कला र सँस्कृतिलाई छहारी दिने अर्थ बोकेको पनि अधिकारीले जानकारी दिए ।
व्यवसायी अधिकारी जापानमा सामाजिक सेवामा समेत सक्रिय रहँदै आएका छन् । उनी धादिङका स्थायी निवासी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण