मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भारतको महाराष्ट्रका एक मन्त्रीलाई कोरोना सङ्क्रमण

शुक्रबार, ३० जेठ २०७७, १९ : २५
शुक्रबार, ३० जेठ २०७७

एजेन्सी । कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढिरहेको भारतमा एक प्रदेश मन्त्रीलाई पनि कोभिड–१९ सङ्क्रमण देखिएको छ ।  भारतको मुम्बई प्रदेशका १ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको श्रोतले शुक्रबार जानकारी दिएको छ । सङ्क्रमित भएका मन्त्री एनसीपीका नेता भएको पनि श्रोतले उल्लेख गरेको छ । 

भारतको मराथवाडा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका एनसीपीका नेता महाराष्ट्र प्रदेशमा सङ्क्रमित हुने तेस्रो मन्त्री हुन् ।  यसअघि सङ्क्रमित भएका मन्त्रीहरुमा काँग्रेसबाट मन्त्री भएका अशोक चावन र एनसिपिबाट मन्त्री भएका जितेन्द्र अवहाद रहेका थिए । उनीहरुलाई अहिले निको भइसकेको छ ।

बिहीबार राति अबेर उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो । उनलाई अहिले मुम्बईस्थीत क्वारेन्टाइनमै राखिएको श्रोतले बताएको छ । मन्त्रीसँगै उनको निजी सचिवालयमा संलग्न केही व्यक्तिहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । उनीहरुलाई आइसोलेसनमा राखिएको पनि श्रोतको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप