दुई हजार बढी विद्यालयमा क्वारेन्टिन
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेपछि मुलुकभरका दुई हजारभन्दा बढी विद्यालय क्वारेन्टिन का रूपमा प्रयोग गरिएको पाइएको छ । हालसम्म दुई हजार नौवटा विद्यालय क्वारेन्टिन का रूपमा प्रयोग गरिएको हो ।
विद्यालय बस्तीभन्दा थोरै टाढा रहने, खुला परिसर तथा भौतिक पूर्वाधार समेत हुने भएकाले विद्यालयमा क्वारेन्टिन बन्ने क्रम बढेको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले दिएको छ ।
केन्द्रका अनुसार, प्रदेश १ मा १६० वटा, प्रदेश दुईमा २०२ वटा, बागमती प्रदेश १५० वटा तथा गण्डकी प्रदेशमा २३८ वटा विद्यालयमा क्वारेन्टिन निर्माण गरिएको छ ।
प्रदेश ५ मा ७५१ वटा, कर्णाली प्रदेशका २४५ वटा तथा सुदूरपश्चिम प्रदेशमा २६३ वटा समेत कुल दुई हजार नौवटा विद्यालयमा क्वारेन्टिन बनाइएको जानकारी केन्द्रले दिएको छ । सबैभन्दा धेरै प्रदेश ५ का विद्यालयमा क्वारेन्टिन बनाइएको पाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण