नयाँ युगको अक्षर
शनिबार, ३१ जेठ २०७७, २२ : ५५
पाँच महीना पुगिसकेछ
एउटा युद्धभूमिमा
परिणत भइसकेको छ
यो पृथ्वी ,
एउटा अघोषित युद्ध
एउटा अदृश्य युद्ध
– यसैले पीडित यो पृथ्वी छ ।
त्यो अदृश्य शत्रुसित
आतङ्कको हतियार छ ।
संसारभरि मन मनमा
त्यसैको आक्रमण छ –
अदृश्य आक्रमण छ ।
जिजीविषा फक्रने फूलमा
भयको काँड़ा छ ।
खड़ेरी परेको खेतजस्तो
पृथ्वी रूखो रूखो बनाएको छ ।
अज्ञात
अदृश्य शत्रुले
गाउँलाई चुपचाप बनाएको छ ।
शहरका हल्लाहरू
चेपचापमा पसेका छन् ,
जीवनहरूमा उत्सव भेटाउन
सक्षम छ त्यो वैरी
अर्काको खुशी खोसेर
सायद आफू रमाइरहेछ त्यो ।
तर यसको साम्राज्यविस्तार
अभियान
एकदिन विराम लाग्ने नै छ ।
अनि
मानव इतिहासको
सादा कागजमा
लेखिनेछ फेरि
एउटा नयाँ युगको अक्षर
एउटा नयाँ युगको अक्षर ।।
कमला तामाङ
मिरिक, दार्जीलिङ, पं बंगाल, भारत
६२९७०६८८४१
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण