एनआरएनए माल्टाका सम्पूर्ण पदाधिकारीहरु बर्खास्त
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका सम्पूर्ण पदाधिकारीहरु बर्खास्त भएका छन् । माल्टामा श्रमिकहरु ल्याउन त्यहाँस्थित एनआरएनएका पदाधिकारीहरुले नै बिचौलियाको भूमिका निर्वाह गरेको भन्ने आरोप लागेपछि एनआरएनए केन्द्रद्वारा गत मे ९ मा पाँच सदस्यीय विशेष समितिको गठन गरिएको थियो ।
छानबिन समितिलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले नैतिकताको आधारमा १९ सदस्यीय कार्यसमितिले संयुक्त रुपमा राजीनामा दिएका थिए । गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायण आचार्यको संयोजकत्वमा गठित विशेष समितिले गत हप्ता २० पेज लामो प्रतिवेदन तथा भिडियो अन्तर्वार्ता पेश गरेको थियो ।
सोहि प्रतिवेदनका आधारमा अध्यक्षसहित सम्पूर्ण कार्यसमितिलाई शनिबार बसेको संघको पदाधिकारीको बैठकले कारवाही स्वरूप उनीहरुको राजीनामा स्वीकृत गरेको गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायण आचार्यले जानकारी दिएका छन् । उक्त छानबिन समितिमा संयोजक आचार्यसहित उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने र आईसीसी सदस्य रामशरण सिंखडा रहेका थिए ।
एनआरएनए माल्टाका पदाधिकारीहरुले श्रमिकहरुलाई ल्याएको स्वीकार गरेपनि व्यावसायिक रुपमा नल्याइ आफन्तहरुलाई ल्याएको स्वीकारोक्ति प्रतिवेदनमा उल्लेख थियो । प्रतिवेदनका आधारमा संघले चालेको कदक स्वागतयोग्य रहेको छानबिन समितिमा संलग्न आईसीसी सदस्य रामशरण सिम्खडाले जानकारी दिए । केहि पदाधिकारी निश्कलंकित र स्वच्छ छबि भएको हुँदा दोषीलाई तत्काल कारवाही गर्न र निर्दोषलाई सफाइ दिन पनि सिम्खडाले आग्रह गरेका छन् ।
छानबिन समितिका सदस्य एवं युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले पनि आफूहरुले निकै मिहिनेतकासाथ् प्रतिवेदन बुझाएको र केन्द्रको निर्णयलाई सकारात्मक रहेको बताएका छन् । सम्पूर्ण कार्यसमिति नै कारवाहीमा परेको गैर आवासीय नेपाली संघको इतिहासमै सम्भवतः यो नै पहिलो घटना हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण