आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा महिलामैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग

आइतबार, ३२ जेठ २०७७, १३ : ५६
आइतबार, ३२ जेठ २०७७

काठमाडौं– महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकका भैरहवा र नारायणगढ शाखाले क्रमश. रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा न. ९मा अवस्थित भानु माध्यामिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका वडा न. ११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि एक लाख ५० हजार रुपैयाँका दरले जम्मा तीन लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेका छन ।

भानु माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमका बीच बंैकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले रोटरी क्लब अफ लुम्बिनी सिद्घार्थनगरका अध्यक्ष ठाकुरकुमार श्रेष्ठलाई एक लाख ५० हजार रकमको चेक हस्तान्तरण गरे ।

त्यसैगरी, नारायणगढ शाखा कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक वीरेन्द्रकुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरीलाई एक लाख ५० हजार रकमको चेक हस्तान्तरण गरेको थिए । उल्लेखित कार्यक्रमहरुमा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप