गोली हानेर आफ्नै साथीको हत्या गर्ने सुटर पक्राउ
जनकपुर । गत जेठ २७ मा धनुषाको सबैला नगरपालिकामा अरुण मण्डलको हत्यामा संलग्न सुटरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ वर्षीय श्रवण मण्डल रहेका छन् ।
प्रदेश नम्बर २ प्रहरी कार्यालयबाट खटिएको एक टोलीले गोली हानेर हत्या गरेको आरोपमा महोत्तरीको जलेश्वर नगरपालिका – ३ बस्ने श्रवण मण्डललाई पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरि भएको सामान्य विवादमा श्रवणले धनुषाको सबैला नगरपालिका – ७ बस्ने अरुणलाई गोली प्रहार गरी हत्या गरेको प्रदेश २ का डीआईजी धिरजप्रताप सिंहले बताए ।
डीआईजी सिंहका अनुसार अरुणको घरभन्दा २ सय मिटर पर रहेको एक पोखरीको किनारमा घटना भएको थियो । सुटर श्रवण र अरुण साथी समेत हुन् ।
घटनामा अन्य ४ जना पनि संलग्न रहेको अनुसन्धानको क्रममा खुलेको बताउँदै डीआईजी सिंहले भने, ‘उनीहरुको खोजीको कार्य भैरहेको छ ।’
श्रवण, अरुणसहितका युवाहरु घर नजिकैको पोखरीमा गाँजा पिउन बाहिरिएका बेला एकआपसमा सामान्य विवाद भएको थियो । प्रहरीका अनुसार त्यही विवादका क्रममा श्रवणले अरुणमाथि गोली प्रहार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण