सावधान ! धुम्रपानले पार्न सक्छ यौनजीवन बर्बाद
एजेन्सी - धुम्रपानले हृदयघात, पक्षघात, उच्च रक्तचाप, क्यान्सर जस्ता रोगहरु मात्रै होइन यसले पुरुषहरुको यौन क्षमतामा पनि ह्रास ल्याउने एक अनुन्धानबाट खुलेको छ ।
इन्डियन मेडिकल एसोसिएशन (आईएमए)का निर्देशक डा. के.के. अग्रवालका अनुसार जो व्यक्ति एक दिनमा २० वटा चुरोट पिउँछ उसको यौन क्षमता कम हुने सम्भावना ४० प्रतिशतभन्दा बढी हुन्छ ।
डा. अग्रवालका अनुसार धुवाँमा हुने निकोटिनले शरीरका अंगहरु खुम्चिँदै जान्छ । ‘टोब्याको कन्ट्रोल’ मा प्रकाशित एक अनुसन्धानको अनुसार धुम्रपान गर्ने १६ देखि ५९ वषको पुरुषमा यौन दुर्बलता दुई गुणा भएको पाइएको छ । धुम्रपान बाहेक मोटोपन, अत्यधिक मध्यपान र भियाग्रा जस्ता औषधिहरुका कारण पनि पुरुषको यौन स्वास्थ्यमा असर पर्ने उक्त अनुसन्धानमा उल्लेख छ ।
यसका साथै, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरुका कारण पनि यौन दुर्बलता हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण