न्यूजिल्याण्डमा २४ दिनपछि कोरोनाको पहिलो संक्रमित फेला
न्यूजिल्याण्डमा लगभग एक महिनामा पहिलो पटक कोरोना संक्रमित भेटिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ दुई व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । यी दुई व्यक्ति हालै बेलायतबाट फर्किएका थिए र एक–अर्कासँग सम्बन्धित छन् ।
स्थानीय मिडियाका अनुसार यी दुईलाई आफन्तको मृत्युको अन्त्येष्टिका लागि बाहिरबाट आउनका लागि छुट दिइएको थियो ।
न्यूजिल्याण्डले गत हप्ता देशलाई भाइरस–मुक्त घोषित गर्दै सबै प्रतिबन्ध हटाएको थियो ।
तर विदेशबाट यहाँ अन्तर्राष्ट्रिय यात्रामा अहिले पनि प्रतिबन्ध लागेको छ र यहाँका नागरिक र आवश्यक कर्मचारीलाई मात्रै देश फर्कने अनुमती छ ।
न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले देशलाई भाइरस–मुक्त भएको घोषणालाई ठूलो कुरा बताउँदै देशमा कुनै पनि बेला पुनः कोरोना संक्रमित देखा पर्न सक्ने भन्दै चेतावनी दिएकी थिइन् ।
कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि न्यूजिल्याण्डको प्रयासको अत्यधिक प्रशंसा भएको छ । यहाँ महामारीको सुरुवाती अवस्थामा नै सबै सीमा बन्द गरेर देशमा लकडाउन घोषणा गरिएको थियो ।
न्यूजिल्याण्डमा नयाँ संक्रमित देखिएसँगै यहाँ कूल संक्रमितको संख्या बढेर १ हजार ५ सय ६ पुगेको छ ।
यहाँ हालसम्म २२ जनाको मृत्यु भएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण