बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्डमा २४ दिनपछि कोरोनाको पहिलो संक्रमित फेला

मङ्गलबार, ०२ असार २०७७, ०९ : ४६
मङ्गलबार, ०२ असार २०७७

न्यूजिल्याण्डमा लगभग एक महिनामा पहिलो पटक कोरोना संक्रमित भेटिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ दुई व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । यी दुई व्यक्ति हालै बेलायतबाट फर्किएका थिए र एक–अर्कासँग सम्बन्धित छन् ।

स्थानीय मिडियाका अनुसार यी दुईलाई आफन्तको मृत्युको अन्त्येष्टिका लागि बाहिरबाट आउनका लागि छुट दिइएको थियो ।

न्यूजिल्याण्डले गत हप्ता देशलाई भाइरस–मुक्त घोषित गर्दै सबै प्रतिबन्ध हटाएको थियो ।

 तर विदेशबाट यहाँ अन्तर्राष्ट्रिय यात्रामा अहिले पनि प्रतिबन्ध लागेको छ र यहाँका नागरिक र आवश्यक कर्मचारीलाई मात्रै देश फर्कने अनुमती छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले देशलाई भाइरस–मुक्त भएको घोषणालाई ठूलो कुरा बताउँदै देशमा कुनै पनि बेला पुनः कोरोना संक्रमित देखा पर्न सक्ने भन्दै चेतावनी दिएकी थिइन् ।

कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि न्यूजिल्याण्डको प्रयासको अत्यधिक प्रशंसा भएको छ । यहाँ महामारीको सुरुवाती अवस्थामा नै सबै सीमा बन्द गरेर देशमा लकडाउन घोषणा गरिएको थियो ।

न्यूजिल्याण्डमा नयाँ संक्रमित देखिएसँगै यहाँ कूल संक्रमितको संख्या बढेर १ हजार ५ सय ६ पुगेको छ ।

यहाँ हालसम्म २२ जनाको मृत्यु भएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप