अमेरिकामा २४ घन्टायता ४ सयभन्दा कमको मृत्यु
एजेन्सी । संयुक्त राज्य अमेरिकामा गएको २४ घन्टायता कोरोना भाइरसको प्रकोपका कारण ४०० भन्दा कम नागरिकको मत्यु भएको पाइएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा गएको २४ घन्टा यता कोरोना भाइरसका कारण भएका मृत्युमध्ये ४०० भन्दा कमको ज्यान गएको हो ।
उक्त विश्वविद्यालयले ४०० भन्दा कमको निधन भएको अमेरिकामा यो दोस्रो दिन हो भनेको छ । यसरी हेर्दा अमेरिकामा एकै दिनमा हुने मृत्युमा कमी आएको देखिएको छ । आइतबार यहाँ ३८५ जना कोरोना संक्रमितको ज्यान गएको छ । त्यस्तै सोमबार यो भाइरसबाट ३८२ जनाको ज्यान गएको सो विश्वविद्यालयको तथ्याङमा देखिएको छ ।
मार्च महिनाको अन्त्यतिरबाट शुरु भएको यहाँको महामारीमा दैनिक रुपमा निकै धरै मानिसको ज्यान जाने गरेको थियो । उक्त संख्यामा आइतबार र सोमबार निकै ठूलो मात्रामा कटौती आएको देखिएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी अधिकारीहरुले यस हप्ताको अन्त्यतिर योभन्दा पनि कम संख्यामा कोरोना प्रभावितको ज्यान जान सक्ने अनुमान पनि गरेका बताइएको छ । अमेरिकामा संक्रमित हुनेको संख्या भने बढ्दो मात्रामा रहेको देखिएको छ । यहाँ मंगलबारसम्म १ लाख १६ हजार नागरिकको ज्यान गएको छ ।
त्यस्तै यहाँ २० लाख भन्दा पनि बढी व्यक्ति कोरोना भाइरसका संक्रमित भएका छन् । यहाँ अहिले पनि दिनमा करिब २० हजार जना संक्रमित थपिने गरेका पाइएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण