शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सीमावर्ती क्षेत्रमा कार्यकर्ता भेटेर फर्किइन् सरिता गिरी

मङ्गलबार, ०२ असार २०७७, १८ : ३५
मङ्गलबार, ०२ असार २०७७

काठमाडौं । सरकारले जारी गरेको नयाँ नक्साको विपक्षमा रहेकी समाजवादी पार्टीकी सरिता गिरी कार्यकर्ता भेटघाटका लागि गृहजिल्ला सिरहा पुगेकी छिन् ।  संविधान संशोधनका लागि जेठ ३१ गते प्रतिनिसिभामा भएको मतदान बहिष्कार गरी त्यसको भोलीपल्ट सिरहा गएकी सांसद गिरी आज आफ्ना कार्यकर्ता भेट्नका लागि ठाडी भगवानपुरको सीमावर्ती क्षेत्र पुगेकी थिइन् ।

तर उनी अहिले नयाँ नक्सा र सीमाका विषयमा विवादित भएको हुनाले सुरक्षाको कारण देखाउँदै सुरक्षाकर्मीले उनलाई सीमा क्षेत्रबाट फर्काइएको बुझिएको छ । सिरहाका डिएसपी सरद थापाकाअनुसार उनी भारत जान लागेकी होइनन्, आफ्ना कार्यकर्ता भेट्न सीमावर्ती क्षेत्रमा गएकी थिइन् र भेटघाट गरी आफैं फर्केकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप