सरकारले माग पुरा नगरे आन्दोलन गर्ने चलचित्र संघको तयारी
काठमाडौं । कोरोनाको कहरका कारण पुरै फिल्म क्षेत्र तहन नहस भएको छ । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको केही अगाडिदेखि नै फिल्म प्रदर्शन रोकिएको थियो । जुन अहिले पनि सुचारु हुन सकेको छैन । कोरोनाको कहरमा आफुहरु प्रत्यक्ष मारामा परेको भन्दै चलचित्र प्रदर्शकहरुले सरकार समक्ष राहतको माग गर्दै आएका थिए । सरकारको तर्फबाट पनि बजेट मार्फत सम्बोधन गर्ने आश्वासन मिलेको थियो ।
तर, आर्थिक वर्ष २०७७/०७८ को बजेटमा भने उनीहरुको माग सम्बोधन हुन सकेन । त्यसैले पनि उनीहरु अहिले आक्रोसित बनेका छन् ।
सरकारले आफुहरुलाई सम्बोधन नगरेको भन्दै चलचित्र संघले आन्दोलन गर्ने तयारी थालेको छ । मंगलवार बसेको संघको पदाधिकारीको बैठकले सरकारसमक्ष लिखित माग बुझाउने र त्यसको सम्बोधन नभए आन्दोलन गर्ने निर्णय भएको चलचित्र संघले जनाएको छ ।
संघका महासचिव अशोक शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ– ‘सम्पूर्ण चलचित्र क्षेत्र (निर्माण, वितरण तथा प्रदर्शन)का लिखित मागहरु सम्बोधन गर्नका लागि संघले सरकारसमक्ष पुनः पेश गरेको छ । ती मागहरु आजका मितिबाट एक हप्ताभित्र पूरा नभए आगामी अषाढ ९ गते बस्ने कार्य समिति, पूर्वाञ्चल तथा पश्चिमाञ्चल लगायतका सम्पूर्ण सदस्यहरुको बैठकबाट राय सुझाव लिई आगामी दिनका संघर्षका कार्यक्रमहरु चरणबद्ध रुपमा घोषणा गर्नेछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण