न्युजिल्याण्डका सैन्य कमाण्डरहरु सिमानामा परिचालित
एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेर्नले सैन्य कमाण्डरहरुलाई सिमानामा खटाइने बताएकी छिन् । देशको सीमा क्षेत्रमा रहेका क्वारेन्टाइनहरुमा मापदण्ड पुरा भएको वा नभएको र बाहिरबाट आउनेहरुको निगरानी गर्नका लागि उनीहरुलाई खटाइएको हो ।
लण्डनबाट आएका दुई महिलालाई क्वारेन्टाइन छोड्नु अगाडी भाइरसको परिक्षण गर्दा स्वास्थ्यकर्मीहरुले त्रुटी गरेपछि उनले सैन्य उच्च अधिकारीहरुलाई पठाउनुपरेको उल्लेख गरेकी छिन् । ती महिलाहरु न्युजल्याण्डकै नागरिक हुन् । आफ्ना आमाबुवाको निधनका कारण उनीहरुले यात्रा गर्नुपरेको जनाइएको छ ।
न्युजिल्याण्डकै औक्ल्याण्डदेखि वेलिङ्टनसम्म कारमा यात्रा गरेपछि परीक्षण गर्दा उनीहरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो । स्वास्थ्य अधिकारीहरुले त्यो सडक यात्राका क्रममा ती महिलाहरु कुनै पनि अन्य व्यक्तिसँग सम्पर्कमा नरहेको दाबी गरेका थिए ।
तर उनीहरुले विमान यात्रादेखि क्वारेन्टाइनको रुपमा होटलमा बस्दासम्मको अवधिमा ३२० जनासँग भने सम्पर्कमा रहेको पाइएको स्वास्थ्य अधिकारीहरुकै भनाई छ । यी दुई जनामा संक्रमण देखिनुअघि न्युजिल्याण्डमा पछिल्लो तीन हप्तासम्म कुनै संक्रमित नभेटिएको घोषणा गरिएको थियो ।
कम्तीमा दुई हप्तासम्म कुनै पनि संक्रमित नभेटिएमा कोरोनाभाइरस मुक्त मान्ने मान्यताअनुसार न्युजिल्याण्डलाई कोरोनामुक्त मुलुकको रुपमा घोषणा पनि गरिएको थियो । नयाँ संक्रमण भेटिएसँगै प्रधानमन्त्री अर्डेर्नले सिमा क्षेत्रमा थप सतर्कता बढाउनुपर्नेमा जोड दिएकी छिन् । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण