सल्यानमा प्रभावकारी बन्दै ‘रेडियो स्कूल’
सल्यान । लकडाउनले विद्यार्थीको पढाइ प्रभावित भइरहेको अवस्थामा सल्यानमा ‘रेडियो स्कूल’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकालाई समेटेर तयार पारिएको कार्यक्रमप्रति विद्यार्थीको चासो बढेको छ । रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागी कोठाको प्राबिधिक सहयोग तथा दलित बिकास समाज सल्यान मार्फत सञ्चालित साक्षरता कार्यक्रम उत्पादन तथा प्रशारण भैरहेको छ ।
कार्यक्रममा सहभागी हुने, आफ्ना रचनाहरु जस्तै कथा, कविता, बालगीत रेडियोबाट सुनाउने र रेडियोबाट गृहकार्य दिईने तथा घरैमा अभिभावकबाट ती गृहकार्यको जाँच हुने भएपछि बालबालिका रेडियो स्कूल कार्यक्रम सुन्दै रमाई रमाई पढ्न थालेका हुन् । शारदा नगरपालिका वडा नं। १३ को सिर्जनशिल आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत निरुता घर्तीले रेडियो स्कूलमा सहभागी भएर आफूले रचना गरेका रचनाहरु सबै साथीहरुको माझमा राख्न पाउदा खुसी लागेको बताए । उनले घरमा नै बसेर रेडियोबाट पढ्न पाउदाँ खुसी लागेको बताए ।
छत्रेश्वरी गाउँपालिका वडा नं. ५ पोखराको कालिका प्राथामिक विद्यालयका प्रधानाध्यापक बालाराम वलीले घरैमा बसेर सिकाइ हासिल गर्न रेडियो स्कूल कार्यक्रम फलदायी भएको बताए । हरेक बालबालिकाले कार्यक्रम सुनेर सहभागी हुने गरेको बताउदैँ उनले आफूले पनि नियमित रुपमा कार्यक्रम सुन्दै आएको बताए । रेडियो स्कूल कार्यक्रमलाई बिषयगत रुपमा सञ्चालन गर्न सके अझै राम्रो हुने उनको भनाई छ ।
रेडियो स्कूलमा दैनिक प्रत्यक्ष आधा दर्जन बालबालिका र अप्रत्यक्ष रुपमा रेडियो सुनेर सहभागी हुने गरेको कार्यक्रम सञ्चालक शिब डाँगीले जानकारी दिए । उनले लकडाउन कारण घरमा बसेका बालबालिकाहरुलाई रचनात्मक र सिर्जनशिल तथा पढ्ने बानीको विकास गर्न रेडियो स्कूलले सयहयोग गरेको बताए । रुम टु रिडका कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले बालबालिकाहरुलाई घरमा नै बसेर पढ्न मिल्ने बातावरणको सिर्जना गर्न रेडियो स्कूल कार्यक्रम सञ्चालन गरिएको बताए । उनले कार्यक्रममा जिल्लाका बिभिन्न विद्यालयमा कक्षा पाँच सम्म अध्ययनरत करिब १० हजार बालबालिका सहभागी हुने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण