शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दैलेखमा कोरोना जितेर घर फर्कनेको संख्या  ३३४ पुग्यो

बिहीबार, ०४ असार २०७७, २१ : १९
बिहीबार, ०४ असार २०७७

कोरोना संक्रमणको उच्च जोखिम मानिए पनि जिल्ला स्वास्थ्य कार्यालय दैलेखको तथ्याङ्कले कोरोना जितेर घर फर्कनेको सङ्ख्या पनि ह्वात्तै बढेको देखाएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन थीरप्रसाद रेग्मीले  बुधबार ३३३ र  र आज बिहीबार एक जना कोरोन जितेर घर फर्केको जानकारी दिए । 
क्वारेन्टिन र आइसोलेशनमा २५ दिन पुगेका र दुई पटकसम्म पिसिआर गरिसकेका नागरिकलाई कुनै पनि लक्षण नदेखिएपछि जिल्ला सुरक्षा परिषद्ले निर्णय गरेर घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।
 दैलेखमा कोरोना संक्रमित ७२१ पुगेका छन् । करीब एक हजारको रिपोर्ट आउन  अझै बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप