बजेट बुर्जुवा प्रकृतिको भयोः प्रदेशसभा सदस्य
सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आव २०७७/०७८ को बजेटमाथि बुधबारदेखि शुरु भएको छलफल आज पनि जारी रहेको छ । कर्णाली प्रदेशसभाको छैटौंँ अधिवेशनको आज बसेको १५औंँ बैठकका छलफलमा भाग लिँदै नेकपा कर्णाली प्रदेशसभाका प्रमुख सचेतक गुलाबजंग शाहले बाढीपीडितको घर निर्माण र स्थानीय तहका जनप्रतिनिधिको मर्का सम्बोधन गर्नेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
सचेतक सीताकुमारी नेपालीले महामारी, भोकमरी र बेरोजगारीका अन्त्यका लागि बजेट पर्याप्त देखिए पनि अंक नतोक्दा आशंका पैदा हुने टिप्पणी गरिन् । प्रदेशसभा सदस्य दानसिंह परियारले बजेटले दलितलाई मूलप्रवाहीकरण गर्न सक्ने वा नसक्ने भन्ने प्रश्न गरे । बजेट बुर्जुवा प्रकृतिको भएको टिप्पणी गर्दै सदस्य परियारले दलित र विपन्न वर्ग लाभान्वित हुनेगरी कार्यान्वयनमा जोड दिन सरकारलाई आग्रह गरे । प्रदेशसभा ठम्मर विष्टले बजेट मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय केन्द्रित गर्न नहुने जनाए । उनले प्रदेशमा दुर्व्यसन निराकरण र सुकुम्बासी समस्या समाधानका कुरा पनि बजेटमा समेटिनुपर्ने सुझाव दिए ।
बजेटमाथि छलफलमा प्रदेशसभा सदस्य धर्मराज रेग्मी, गणेशप्रसाद सिंह, कृष्णा शाह, राजु नेपाली, दीनबन्धु श्रेष्ठ, यज्ञ बिसी, झोवा विक, पद्मा खड्का बद्मीक्वारी बोहोरा, अमृता शाही, सोशिला शाही, बीरबहादुर शाहीलगायतले आफ्ना धारणा राखेका थिए । सभामुख राजबहादुर शाहीले शुक्रबार अपराह्न ३ः०० बजे अर्को बैठक बस्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण