औँला काटिएका प्रहरी काठमाडौँ रिफर
डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र दिपायलमा रहेका प्रशिक्षकले व्यक्तिगत मोटरसाइकल धुन लगाउँदा दाहिने हातको औँला काटिएका बैतडी जिल्ला घर भएका २२ वर्षीय तालिमे प्रहरी जीतेन्द्र चन्दलाई काठमाडौँ सिफारिश गरिएको छ ।
आज बिहान प्रशिक्षकले मोटरसाइकल धुन लगाएका कारण उनको दाहिने हातको औँला छिनेपछि दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उक्त अस्पतालमा उनको काटिएको औँला जोड्न नसकिएपछि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको आदेशमा उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको हो ।
चन्दको काटिएको औँला बरफमा राखेर २४ घण्टाभित्र सुविधासम्पन्न अस्पतालमा पु¥याउन सकिए जोडिन सक्ने चिकित्सकको सल्लाहबमोजिम उनलाई काठमाडौँ लगिएको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले जनाएको छ । उनलाई सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलको एम्बुलेन्समा काठमाडौँ लगिएको छ ।
चन्दलाई तालीम केन्द्रमा कार्यरत प्रशिक्षकले आफ्नो निजी मोटरसाइकल धुन लगाउँदा मोटरसाइकिलको जञ्जीरमा दाहिने हातको औँला परेपछि छिनेको थियो । दाहिने हातको औँला प्रहरीको सलामी दिने तथा फायरिङ गर्नेदेखि अन्य काममा बढी प्रयोग हुन्छ । उनलाई भविष्यमा बढुवादेखि अन्य तालीम, मिसनमा जानेलगायत कुरामा समस्या उत्पन्न हुने भएकाले औंला जोड्नका लागि काठमाडौँ लगिएको प्रदेश प्रहरी तालीम केन्द्र दिपायलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण