शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बेल्ट एण्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट अलायन्स (ब्रिटा)मा नेपालका आशिष गजुरेल सह—महासचिबमा निर्वाचित

शनिबार, ०६ असार २०७७, २० : २८
शनिबार, ०६ असार २०७७

काठमाडौं– बेल्ट एण्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट अलायन्स (ब्रिटा)को साधारणसभा तथा निर्वाचनले नासा नेपालका महासचिव आशिष गजुरेल सह–महासचिव पदमा निर्विरोध निर्वाचित भएका छन । 

जुममार्पmत भएको सो साधारण सभामा स्विजरल्याण्ड, ग्रीस, नाइजेरिया, चीन, भारत, बेल्जियम, अस्ट्रेलिया, रसिया, दक्षिण अफ्रिकार नेपालल गायतका दर्जनौ देशबाट ५२ जनाको सहभागिता रहेको थियो ।

सो साधारणसभामा नासा नेपालका महासचिव आशिष गजुरेल सह—महासचिव पदमा निर्विरोध निर्वाचित भएका हुन् । 

विश्वका ५ दर्जन भन्दा बढी देशका सडक, यातायात, पूर्वाधार, विज्ञान र वातावरण इञ्जिनियरिङ तथा अटोमोवाइल क्षेत्रका सरकारी, पेशागत तथा गैर सरकारी संघ संगठनहरु आवद्ध रहेको ब्रिटामा सह—महासचिव जस्तो जिम्मेवार पदमा निर्वाचित हुनु सिङ्गो नेपालकै लागि खुसिको कुरा हो । 

हिजोको साधारण सभामा नेपालबाट नासा फाउण्डेसन (नासा फाउण्डेसन) नेपालका संयोजक तथा पर्वतिय खेलकुद महासंघ—नेपालका अध्यक्ष गोविन्द भट्टराईको समेत सहभागिता थियो । नेपालबाट नासा फाउण्डेसन सदस्य रहेको सो एलायन्समा आशिष गजुरेलले कन्ट्री रिपोर्ट प्रस्तुत गरेका थिए ।

गजुरेलले ‘नेपाल सरकारले बेल्ट एण्ड रोड (बेल्ट एण्ड रोड) परियोजनामा २०१५ मै हस्ताक्षर गरिसकेको छ र यो परियोजना अन्तर्गत नेपालले ट्रान्स—हिमालयन करिडोर (रेल) अगाडी सारेको छ जुन पारित समेत भई सकेको छ ।बेल्ट एण्ड रोड परियोजना विकासमा नेपालको समर्थन रहेको’ बताए ।

नेपालले सो साधारणसभामा बेल्ट एण्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट अलायन्सअन्तर्गत नेपालमा अन्तराष्ट्रिय स्तरको ट्रान्सपोर्ट एण्ड अटोमोवाइल इन्स्टिच्युट स्थापना गर्ने र हरेक वर्ष एउटा अन्तराष्ट्रिय सम्मेलन गर्ने प्रस्ताब समेत गरेको छ ।

हरेक वर्ष यस अलायन्सको साधारण सभा चिनमा हुने गरेको छ । उक्त संगठनले मुलतः बीआरआई सम्बन्धि नीतिगत कार्यमा सहयोग, प्राविधिक शिप तथा  ज्ञान हस्तान्तरण, जनस्तरबाट सहभागिता, बीआरआईका विभिन्न पक्षहरुमा सुझाव तथा लबिङ्ग, सभा, समारोह, तालिम तथा अध्ययन—अनुसन्धानलगायतका कार्यहरु गर्दछ । यसको मुख्य कार्य क्षेत्र सडक र सवारी, क्रस बोर्डर कनेक्टिभिटी, सेफर एण्ड सस्टेनेवल मोविलिटी लगायत रहेका छन् ।    

निर्वाचित भएपछि गजुरेलले खुशी ब्यक्त गर्दै यस संस्थाबाट नेपालमा विकासका काम अधिकतम गराउने पहल गर्ने बताउँदै बेल्ट एड रोड परियोजना अन्तर्गत नेपाल सरकारले छनौट गरेको परियोजनामा सहयोग गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप