टाल्सटायले पाएको ज्याला
एक दिन रुसका विख्यात साहित्यकार लियो टाल्सटाय गाउँलेको जस्तो पोसाक लगाएर स्टेसनमा गाडीको प्रतीक्षा गरिरहेका थिए ।
एउटी महिलाले उनलाई साधारण किसान ठानेर भनिन्, ‘यता हेर्नू त, मेरा श्रीमान् त्यो अगाडिको होटलमा हुनुहुन्छ । तिमीले उहाँलाई यो चिठ्ठी दिएर आउनू है । यो काम गर्न म तिमीलाई दुई आना पैसा दिन्छु, लौ लिनू ।’
ज्यालाको रुपमा पाइएको पैसा लिएर टाल्सटायले चिठ्ठी पुर्याएर त्यहीँ फर्केर आए ।
एकछिनपछि एक जना धनी व्यक्ति त्यहाँ आए । उनले टाल्सटायसँग अत्यन्त सम्मानका नम्रतापूर्वक कुरा गर्न थाले ।
ती महिलाले यी सब दृश्य हेरिरहेका थिइन्, छक्क पर्दै । उनले आफूले काममा लगाएको व्यक्तिबारे सोधखोज गर्न थालिन् । सोधखोजको क्रममा उनले थाहा पाइन्, त्यो गाउँलेजस्तो देखिने मानिस त लियो टाल्सटाय पो रहेछन् !
त्यसपछि ती महिला लाजले रातोपिरो भइन् । उनले टाल्सटायको नजिक गएर माफी माग्न थालिन् । अनि आफूले ज्यालाको रुपमा दिएको पैसा फिर्ता मागिन् ।
टाल्सटायले हाँसेर जवाफ दिए, ‘बहिनी, यो त मैले काम गरे बापत पाएको ज्याला हो । यो पैसा म कसरी फिर्ता दिन सक्छु र ?’
Title Photo: https://live.mrf.io
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण