रुकुम पश्चिम अदालत अगाडि प्रदर्शन
आइतबार, ०७ असार २०७७, १६ : १८
जिल्ला अदालत रुकुम (पश्चिम) अगाडि आइतबार विरोध प्रदर्शन भएको छ ।
अदालतभित्र थुनछेक बहस चलिरहँदा दिउँसो दलित अधिकारकर्मी र सर्वसाधारणले प्रर्दशन गरेका हुन् ।
जेठ १० गते जाजरकोटका पाँच र रुकुम पश्चिमका एक जनाको हत्या भएको दाबीसहित दलित अधिकारर्मी लगायत सर्वसाधारणले दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।
आइतवार जिल्ला अदालतमा २७ जना प्रतिवादीको थुनछेक बहस चलिरहेको छ ।
६ जनाको ज्यान जाने गरी भएको रुकुमको चौरजहारीस्थित सोतीमा भएको सो घटनामा संलग्न रहेको भन्दै सरकारी वकिलको कार्यालयले ३४ जना प्रतिवादी विरुद्ध मुद्दा जाहेर गरेको छ । त्यसमध्ये नवराज विककी प्रेमिका भनिएकी १७ वर्षीया युवती र उनका भाइलाई नावालक ठहर गर्दै यसअिघ नै जिल्ला अदालते सुधार गृहमा राख्ने आदेश दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण