बैंकिङ्ग क्षेत्रमा पहिलो पटक सानिमा बैंकले सुरु गर्यो अपाङ्गतामैत्री वेभसाइट
काठमाडौं– विगत १५ वर्षदेखि ग्राहकहरुलाई उत्कृष्ठ सेवा प्रदान गर्दै आएको सानिमा बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो पटक अपाङ्गमैत्री वेभसाइटको शुरुवात गरेको छ । यो वेभसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्यूटर प्रयोग गर्न गाहृो हुने व्यक्तिहरुको लागि उपयोगी हुनेछ ।
यस वेभसाइटको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ । साथै अन्य व्यक्तिहरु जस्तै वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरुलाई पनि अनलाईनबाट आफ्नो बैंकको सेवा सम्बन्धी जानकारी तथा बैंकिङ्ग पहुँच पु¥याउने प्रयास गरेको छ ।
यो सुविधा प्रयोग गर्नका लागि बैंकको वेभसाइट https://www.sanimabank.com मा गई दायाँ कुनामा रहेको डिसेविलिटी फ्रेन्ड्ली आइकन क्लिक गरी disability friendly icon click गरी आवश्यक accessibility widget menu मा गई आफूलाई चाहिएको सुविधाअनुसारको अप्सन बटनमा क्लिक गरी वेभसाइटको प्रयोग गर्न सकिनेछ ।
यो सेवा हाल अंग्रेजीमा मात्र उपलब्ध छ । समय क्रमसँगै अन्य अपाङ्गतामैत्रीे सेवा सुविधाहरु थ्प विस्तार र परिमार्जन गर्दै ग्राहकको आवश्यकता सहज रुपमा पूरा गर्ने बैंकको उद्देश्य रहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण