जननेता भण्डारीको जन्मजयन्तीमा साताव्यापी कार्यक्रम
काठमाडौं । ‘मदन भण्डारी फाउण्डेशन’ले जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्ती कोभिड-१९ बाट सचेत हुँदैदै विभिन्न कार्यक्रम गरी साताव्यापीरुपमा मनाउन शुरु गरेको छ फाउण्डेशनले यही असर ७ गतेदेखि जलवायु परिवर्तन र वातावरण संरक्षणका लागि घर–कम्पाउण्ड वा सार्वजनिक स्थलमा फलफूलको विरुवा रोप्ने र रोपेका बिरुवाको संरक्षण गर्ने, फलफूल तथा तरकारीका बीउविजन वितरण गर्ने, किसानका बीचमा एकापसमा अनुभव साटासाट गर्ने, गरिब, असहाय, मजदुर, सुकुम्बासी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रम गर्ने जनाएको छ ।
फाउण्डेशनका सचिव पेम्बा लामाका अनुसार स्थानीय तहसँग कोरोना भाइरसबाट सङ्क्रमित नागरिकको व्यवस्थापन र हेरचाहमा सहयोग गर्ने, यातायात क्षेत्रमा परेको असरबारे अन्तरक्रियाको आयोजना गर्ने र असार १४ मा सङ्क्रमणका कारण उपचारमा र वृद्धाश्रममा रहेका नागरिकलाई फलफूल वितरण गर्ने कार्यक्रम तय गरिएको छ । सामाजिक सञ्जालमार्फत कोरोना भाइरससम्बन्धी सचेतना कार्यक्रमहरु, मदन भण्डारी रक्त कोष स्थापना, विभिन्न तहमा भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ र भण्डारीका योगदानका बारेमा अन्तरक्रियाको आयोजना, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र तथा जनजीविका, सरकार सञ्चालन, संगठन परिचालन आदिका विषयमा रचनात्मक कार्यक्रम आयोजना गर्ने पनि फाउण्डेशनले कार्यक्रम तय गरेको छ ।
यसैगरी सरकारको नीति, कार्यक्रम र बजेटमार्फत आएका कार्यक्रमको अध्ययन विश्लेषण गरी कार्यान्वयनमा जोड दिने तथा छिमेकी देशलगायत प्रवासबाट फर्कने नेपालीको स्वास्थ्य, सुरक्षा र उनीहरुको व्यवस्थापनमा स्थानीय तथा प्रदेश सरकारलाई सहयोग गर्ने कार्यक्रम गरिने जनाइएको छ । तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षसँग छलफल गर्दै सभामुख
-
नेपालकै पहिलो वंशाणुगत रोग विशेषज्ञ डा. नीलमको सङ्घर्ष : मेरा लागि नयाँ पद सिर्जना गरियो
-
वाग्मती सफाइ अभियानमा ६ हजार बिरुवा रोपिए
-
मेस्सीको ‘न्यापकिन कनट्र्याक्ट’ १३ करोड रुपैयाँमा बिक्री
-
उदयपुरमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम
-
फाइनलमा देखाएको अभद्र व्यवहारपछि युभेन्टसद्वारा म्यानेजर बर्खास्त