इरान इजरायल तनाव
तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार
सुरक्षित स्थानमा बस्न निर्देशन
आइतबार, ०१ असार २०८२, ०२ : १०
सारांश
- इजरायली सेनाले इरानको राजधानी तेहरानमा हवाई आक्रमण गरेको छ।
- इजरायली जनतालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ।
- इरानले दोस्रो लहरमा १०० वटा मिसाइल प्रहार गरेको दाबी गरेको छ, जसले गर्दा तनाव बढेको छ।
काठमाडौँ। इजरायली रक्षा बल (आइडीएफ) ले इरानको राजधानी तेहरानको सैन्य ठेगानामाथि हवाई आक्रमण गरिरहेको जनाएको छ। यसबिच, इजरायली जनतालाई सतर्क रहन र अलार्म बजेपछि सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ।
रक्षा बलले इरानबाट प्रहार गरिएका मिसाइलहरू रोक्न हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ।
यसैबिच, इरानको सरकारी टेलिभिजनले ‘ट्रु प्रमिस’ नामक कारबाहीअन्तर्गत दोस्रो लहरमा १०० वटा मिसाइल प्रहार गरिएको दाबी गरेको छ।
स्थिति थप तनावपूर्ण बन्दै गइरहेको छ भने दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण जारी रहेको बीबीसीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण