इरान इजरायल तनाव
तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार
सुरक्षित स्थानमा बस्न निर्देशन
आइतबार, ०१ असार २०८२, ०२ : १०

समाचार सारांश
- इजरायली सेनाले इरानको राजधानी तेहरानमा हवाई आक्रमण गरेको छ।
- इजरायली जनतालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ।
- इरानले दोस्रो लहरमा १०० वटा मिसाइल प्रहार गरेको दाबी गरेको छ, जसले गर्दा तनाव बढेको छ।
काठमाडौँ। इजरायली रक्षा बल (आइडीएफ) ले इरानको राजधानी तेहरानको सैन्य ठेगानामाथि हवाई आक्रमण गरिरहेको जनाएको छ। यसबिच, इजरायली जनतालाई सतर्क रहन र अलार्म बजेपछि सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ।
रक्षा बलले इरानबाट प्रहार गरिएका मिसाइलहरू रोक्न हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ।
यसैबिच, इरानको सरकारी टेलिभिजनले ‘ट्रु प्रमिस’ नामक कारबाहीअन्तर्गत दोस्रो लहरमा १०० वटा मिसाइल प्रहार गरिएको दाबी गरेको छ।
स्थिति थप तनावपूर्ण बन्दै गइरहेको छ भने दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण जारी रहेको बीबीसीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएन
-
प्रतिनिधिसभामा उठ्यो दादागिरीको कुरादेखि यार्सागुम्बाको विषयसम्म
-
हेवाखोलामा भत्किएको बेलिब्रिज तत्काल बनाउन योगेश भट्टराईको माग
-
श्याम घिमिरेको प्रश्न : पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रविले राजीनामा दिनुपर्छ कि पर्दैन ?
-
संसद्मा रास्वपा र राप्रपाको नाराबाजी (तस्बिरहरु)
-
अर्घाखाँचीमा श्रीमतीद्वारा श्रीमानको हत्या