आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

शनिबार, ३१ जेठ २०८२, ०८ : ४८
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • डोल्पाका पाँच पालिकामा सोलार वितरण सुरु गरिएको छ, जसले ७०५ घरधुरीलाई लाभान्वित गर्नेछ।
  • छार्काताङसोङ, काइके, डोल्पोबुद्ध, शे फोक्सुण्डो र ठूलीभेरीमा सोलार जडान भइरहेको छ, जसका लागि आर्थिक सहयोग गरिएको छ।
  • विद्युत् पहुँच नपुगेका कर्णालीका जिल्लाहरूमा ऊर्जा विस्तार गर्ने योजनाअन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो।

सुर्खेत । विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकाभित्र स्थानीयवासीलाई सोलार (सौर्य ऊर्जा) वितरण सुरु गरिएको छ ।

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, डोल्पामा प्रमुख प्रकाश गिरीका अनुसार ७०५ घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ । छार्काताङसोङ गाउँपालिकाको छ वटा वडाहरुमा रु ६६ लाख आर्थिक सहयोगमा ३५० घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ ।

त्यस्तै काइके गाउँपालिकाको दलित बस्ती रहेको वनढाडामा रु २० लाखको ७५ घरधुरीलाई सोलार वितरणको काम समेत भइरहेको प्रमुख गिरीले बताए । डोल्पोबुद्ध गाउँपालिका–६ मा रु २५ लाख लागततमा ८० घरधुरीलाई सोलार वितरणको कार्य सुरु गरिएको छ । उपल्लो डोल्पाकै शे फोक्सुण्डो गाउँपालिका–१ मा रु २० लाखमा ४५ घरधुरीलाई सोलार वितरणको काम भएको उनले जानकारी दिए ।

ठूलीभेरी नगरपालिका–११ स्थित गाउँमा स्थानीयवासी र कार्यालयको साझेदारीमा रु ३० लाखमा १५५ घरधुरीलाई सोलार वितरणको काम अन्तिम चरणमा पुगेको छ । विद्युत्को पहुँच नपुगेका कर्णालीका जिल्लाहरुमा विद्युत्को पहुँच विस्तार गर्ने कार्यक्रमअन्तर्गत सोलार वितरण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप