सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै
सारांश
- आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सातै प्रदेश सरकारले सार्वजनिक गर्दैछन्। बजेट कार्यान्वयनमा समस्याका कारण बजेटको आकार नबढ्ने सम्भावना छ।
- कर्णाली प्रदेश सरकारले केन्द्रबाट अनुदान कम आएकाले बजेटको आकार घट्ने जनाएको छ। बजेट ३१ देखि ३२ अर्बको बीचमा रहने अनुमान छ।
- बागमती प्रदेशले बजेट बढाउने तयारी गरेको छ भने लुम्बिनी प्रदेशले घटाउने तयारी गरेको छ। कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखिएको छ।
काठमाडौँ । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट आज सार्वजनिक गर्दै छन्। असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् ।
अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेका छन् ।
कर्णाली प्रदेश सरकारका अर्थमन्त्री राजीवविक्रम शाहले केन्द्रबाट आउने अनुदानमा कमी आएकाले बजेटको आकार खासै नबढ्ने बताए । आकार करिब चालु आर्थिक वर्षकै हाराहारीमा रहने शाहले बताए । उनका अनुसार केन्द्रबाट आउने आउने अनुदान करिब ६४ करोडले कम आएको छ ।
सुरुमा चालु आर्थिक वर्षको वार्षिक बजेट ७५ प्रतिशत खर्च हुने अनुमानमा आधारित रहेर ३१ अर्ब ५९ करोडको सिलिङ दिइएको थियो । केन्द्रबाट नै ठुलो मात्रामा अनुदान कटौती हुँदा अहिले करिब ३० अर्ब ९४ करोडसम्मको वास्तविक बजेट आउने आङ्कलन गरिएको छ । जुन चालु आर्थिक वर्षको भन्दा कम हो ।
यद्यपि प्रदेशको बजेटको खर्चको प्रवृत्तिमा सुधार आएको खण्डमा केही करोडले बढ्न सक्ने आकलन छ । उनका बुझाइमा खर्चको प्रवृत्ति हेर्दा ७० प्रतिशत भन्दा कम खर्च हुने देखिन्छ, जसले गर्दा केही रकम बचत हुन सक्छ ।
यी सबै कुराको समायोजन गर्दा बजेटको आकार ३१ अर्बदेखि ३२ अर्बको बिचमा रहने अनुमान गर्न सकिने शाहले रातोपाटीलाई बताए । शुक्रबारसम्म प्रदेश सरकारले कुल पुँजीगततर्फ ३२ प्रतिशत र चालु खर्च ५४ प्रतिशत भएको छ । समग्रमा ४० प्रतिशत बजेट खर्च भएको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि बजेटको आकार बढाएर ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१र०८२ को तुलनामा बजेटको आकार बढाएर ल्याउने तयारी गरेको हो ।
लुम्बिनी प्रदेश सरकारले पनि चालू आर्थिक वर्ष भन्दा बजेटको अकार घटाएर ल्याउने तयारी गरेको छ। यस वर्षको बजेटमा प्रदेशको समृद्धि र विकाससँग जोडिएका मुख्य क्षेत्रहरूलाई प्राथमिकतामा राखेको छ । कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गर्ने सरकारको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण